Logo

गठबन्धनका शीर्ष नेता आज तनहुँ जाँदै



काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले तनहुँ– १ को उपनिर्वाचनका लागि बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्ने भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी बनाउन गठबन्धनले सभा आयोजना गरेको हो ।

चुनावी सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत गठबन्धन दलका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्