Logo

गठबन्धनका उम्मेदवारको जीत निश्चित: कोइराला



काठमाडौँ, १ मङ्सिर । नेपाली कांग्रेसका नेता एवं नवलपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशाङ्क कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जीत निश्चित भएको दाबी गरेका छन् ।

नवलपुरको देवचुलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने र गठबन्धकै सरकार बन्ने बताए ।

डा कोइरालाले गैँडाकोटदेखि त्रिवेणीसम्मको नारायणी कोरिडोर सडक निर्माण विस्तार आगामी दुई वर्षभित्र सम्पन्न हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्