Logo

गठबन्धनका उम्मेदवारलाई जिताउनुस्: देउवा



धनगढी, ६ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट जितको सफलता मिल्ने अपेक्षा राखेको बताएका छन् ।

आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउनसमेत आह्वान गरेका छन् ।

यस्तै देउवाले देश अहिले गम्भीर मोडमा उभिएको बताए । देश चुनावपछि कता जाने रु भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्