Logo

गठबन्धनको काम देश बनाउने नभई एमालेलाई बिगार्ने हो: बास्कोटा



 

फाइल तस्बिर

काठमाडौँ, २२ साउन । एमाले सांसद गोकुल बास्कोटाले अहिलेको गठबन्धन एमालेलाई बिगार्न बनेको बताएका छन् ।

आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनको काम देश बनाउने नभई एमालेलाई बिगार्ने मात्र रहेको बताए ।

उनले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने बताए । मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक पर्ने र निर्वाचनमा कसैलाई बोकेर नजाने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्