Logo

गठबन्धनको पक्षमा रहेका देउवा घेराबन्दीमा



काठमाडौँ, १३ चैत । प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसको केन्द्रीय समितिभित्र वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल नगरी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने मत बढ्दै गएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन मात्र हैन आउँदो प्रदेश र संघीय निर्वाचनसमेत सत्ताघटक दलबीच गठबन्धन गरी अघि बढ्नुपर्ने बताइरहेका बेला केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्य दलसँगको गठबन्धन र तालमेल काँग्रेसका लागि घातक हुने बताइएको छ ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा केन्द्रित भएर शुक्रबारदेखि बसेको काँग्रेस केन्द्रीय समिति बैठक आइतबार पनि जारी रहने काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । काँग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा संसदीय समिति गठन र घर-घर जाऔं काँग्रेस जिताऔँ भन्ने एक महिने अभियानको प्रारम्भिक समीक्षा रहेको छ ।

केन्द्रीय बैठकमा स्थानीय निर्वाचनमा गठबन्धन र तालमेल गर्ने नगर्ने बारेमा सातै प्रदेशका सभापतिले आ-आफ्नो राय राखिसकेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्