Logo

गठबन्धनको बैठकमा प्रस्तावः एसपीपीबारे सर्वदलीय छलफल गरौं



काठमाडौँ, ५ असार । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ ।

पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हाे ।

‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ ।’

उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्