Logo

गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड चितवन गए



फाइल तस्बिर

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा छन् । तर, अझै मन्त्रालय भागबन्डाको विषय टुंगिएको छैन ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन बनेको छ । योसँगै प्रधानमन्त्री प्रचण्ड चितवनतर्फ लागेका छन् । एक कार्यक्रमका लागि उनी चितवन गएका हुन् ।

प्रधानमन्त्री चितवनबाट फर्किएपछि आजै दिउँसो २ बजे पुन: बैठक बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्