
काठमाडौँ, १ चैत । राष्ट्रपति निर्वाचनका सन्दर्भमा गठन भएको नयाँ समीकरणमा आबद्ध दलहरूको बैठक जारी रहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा चैत ३ को उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल केन्द्रित भएको जनाइएको छ ।
गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परे पनि जनता समाजवादी पार्टीकी प्रमिला यादवले उम्मेदवारी फिर्ताको घोषणा गरिसकेकी छिन् ।
जसपाकै रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी कायम रहेपछि गठबन्धनमा आबद्ध दल मतदानमा विभाजित हुने परिस्थिति देखिएको छ ।







