Logo

गठबन्धनको बैठक निष्कर्षविहीन, सोमबार पुनः बस्ने



काठमाडौँ, २६ भदौ । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुङ्ग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन सकेन ।

आइतबार नटुङ्गिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुङ्गो नलागेको जानकारी दिएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए ।

सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाउने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्