Logo

गठबन्धनको बैठक: पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति



काठमाडौँ, ११ असार । सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति गरेको हो ।

शनिबार बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

“प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ,” उनले भनेका छन्, “सरकारले उक्त विषयलाई आजैका दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गरी लागु गर्नेछ।”

उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै २५ देखि ३० रुपैयाँसम्म मूल्य घट्ने उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्