Logo

गठबन्धनको बैठक बस्दै



काठमाडौँ, ८ चैत । सत्तारुढ १० दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिन अपराह्नका लागि बैठक बोलाएका हुन् ।

उक्त बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरूको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चैत ६ गते विश्वासको मत लिएका प्रधनामन्त्री प्रचण्डले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्