Logo

गठबन्धनको भविष्य सत्तामा रहेका प्रमुख दलहरूको व्यवहारमा भरपर्छ: श्रेष्ठ



फाइल तस्बिर

गोरखा, २४ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धन कहिलेसम्म कायम रहन्छ भनेर ‘ग्यारेन्टी’ गर्न नसकिने बताएका छन् ।

विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज गोरखाको पालुङटारमा आयोजित कार्यक्रममा बोल्दै उनले गठबन्धनको भविष्य सत्तामा रहेका प्रमुख दलहरूको व्यवहारमा भर पर्ने बताए ।

‘प्रतिगमन विरोधी सङ्घर्षका क्रममा पाँच दलीय गठबन्धन बनायौँ, यो एउटा सन्दर्भमा बनेको हो’, श्रेष्ठले भने, ‘यसलाई ठिक ढङ्गले लैजान सुझबुझ सत्तासीन प्रमुख पार्टीहरूले देखाएनन् भने हामी यसको ग्यारेन्टी हरहमेशा गर्न सक्दैनौँ ।’ गठबन्धन ठिक ढङ्गले कसरी अघि बढाउने भनेर अहिले गृहकार्य भइरहेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्