काठमाडौँ, १८ असोज । पाँच दलीय गठबन्धनको बैठक आज पनि बैठक बस्दै छ ।
सिट बाँडफाँडका लागि सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि आज पुन: बैठक बस्न लागेको राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले जानकारी दिइन् ।
उनका अनुसार आज बिहान सुरुमा आन्तरिक बैठक बसेर ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । सोमबार साँझसम्म सिट बाँडफाँटमा ठोस प्रगति हुन नसकेको उनको भनाइ छ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।
सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको थियो ।







