Logo

गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भयो: ओली



झापा, ४ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको टिप्प्णी गरेका छन् ।

आउँदो मंसिर ४ गते हुने निर्वाचनपछि एमालेको सरकार नबने देश झन् बर्बादीतिर जाने उनको बुझाइ छ ।

शनिबार बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको प्रदेश १ स्तरीय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको जिकिर गरे । निर्वाचनपछि पनि अहिले सरकारमा भएका दलहरूकै सरकार बने ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्