काठमाडौँ, २४ साउन । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको गठबन्धन दलहरूको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको छ ।
सोमबार बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजकको जिम्मेवारी तोकेको हो । ०७४ को संघीय र ०७९ को स्थानीय तह निर्वाचनलाई मुख्य आधार मानेर सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने कार्यदलको तयारी छ ।

कार्यदलमा सिटौलासहित कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।







