काठमाडौँ, २२ भदौ । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दै छ ।
सिट बाँडफाँटको विषय टुंगाउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति हुन सकेको छैन ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले आज बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने दाबी गरेका छन् ।
सिट बाँडफाँटका विषयमा सहमति गर्न भन्दै गएको साउन २० गते कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो । तर, एक महिनाको अवधिमा पनि दलले लिने सिट संख्याको टुंगो लाग्न सकेको छैन ।







