काठमाडौँ, १८ असोज । पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
गठबन्धनको बैठकमा सहमति नजुटेपछि दलहरू छुट्टाछुट्टै बैठकमा जुटेका हुन् ।
सोमबारको बैठकमा पनि सिट बाँडफाँडको टुंगो नलागे पछि सुरुमा आन्तरिक बैठक बसेर गठबन्धनको बैठक बस्ने तय भएको थियो ।







