Logo

गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ: प्रचण्ड



काठमाडौँ, २२ जेठ । सत्तासाझेदार दल नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन् ।

आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको पनि बताए ।

“गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ । कतिपय पार्टीहरूमा विभाजनको खतरा पनि देखिरहेको छ । यो बेलामा हामीले ठिक ढंगले भूमिका निर्वाह गर्नुपर्छ । हामीलाई अवसर र चुनौती पनि आउन सक्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले बाह्रखरीसित भने ।

बैठकमा प्रचण्डले अहिलेसम्म गठबन्धनको विकल्प नसोचिएको र प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धन कायम रहने बताएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्