Logo

गठबन्धनमा भागबण्डा: महानगर-उपमहानर कहाँ कसलाई?



काठमाडौँ, ६ वैशाख । सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै नछाडेपछि भागबण्डा नमिलेको हो । काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख कांग्रेसलाई दिन गठबन्धनका दलहरू सहमत भइसकेका छन् ।

बैठकमा सत्ता गठबन्धनमा रहेका अन्य तीन दलले ११ उपमहानगरपालिकामध्ये कांग्रेसलाई पाँच दिने प्रस्ताव गरेका छन् । अन्य तीन दलले दुई-दुई उपमहानगरपालिका लिने प्रस्ताव गरेका थिए । तर काँग्रेसले पाँच उपमहानगरपालिकामा चित्त नबुझाएको बैठकमा सहभागी एक नेताले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्