Logo

‘गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयंकाे संगठन कमजोर’



काठमाडौँ, ६ जेष्ठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयंमको संगठन कमजोर रहेको टिप्पणी गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुगेका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर भएको बताएका हुन् ।

उनले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए । पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आह्वान गरेको भए पनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उनले बताए ।

उनले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गरेका छन् । गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिँदा कांग्रेसको जित सहज भएको उनको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्