Logo

‘सिट बाँडफाँट टुङ्गो लगाएपछि मात्रै कांग्रेसले उम्मेदवार छान्छ’



काठमाडौँ, २१ भदौ । गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा सिट बाँडफाँट टुङ्गो लगाएपछि मात्रै नेपाली कांग्रेसले आउँदो सङ्घ र प्रदेश सभाको चुनावमा उम्मेदवार चयन गर्ने बताएका छन्

मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन् । उनले भागबन्डा टुङ्गो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए ।

गृहमन्त्री खाणले नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरू सिफारिस भने गरिरहेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्