Logo

गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था: ज्ञवाली



काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन् ।

मुलुकको राजनीतिक स्थायित्वका लागि सत्ता गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने उनको तर्क थियो ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थायित्वका नाममा राजनीतिक प्रणाली नै पुनर्विचार गरेर जाने अवस्था भने तत्कालका लागि नभएको बताए । राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहस हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्