Logo

गठबन्धनले देश र जनताको हित गर्दैन: भट्टराई



काठमाडौँ, २० जेठ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विपरीत वैचारिकको गठबन्धन महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले ‘विपरीत विचारको गठबन्धन सधैँ हिलोको किलो झैं हल्लिने’ बताएका हुन् ।

स्थानीय चुनावमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने चर्चा चलिरहँदा भट्टराईले यस्तो धारणा राखेका हुन् ।

विपरीत वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धनले दीर्घकालमा देश र जनताको हित नगर्ने उनको दाबी छ ।

उनले लेखेका छन्, ‘विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैँ हिलोको किलो झैँ हल्लने र केही महत्त्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ । त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन ।’ उनले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोच्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्