Logo

गठबन्धनविरुद्ध कांग्रेसका पूर्व जिल्ला सचिवसहित ५० भन्दा बढीद्वारा सामूहिक राजीनामा



झापा, ११ वैशाख । अन्य दलसंग गठबन्धन गरेकोमा असन्तुष्टि जनाउँदै नेपाल कांग्रेस झापाका पूर्व जिल्ला सचिवसहित ५० भन्दा बढीले सामूहिक राजीनामा दिएका छन् ।

सत्तारुढ गठबन्धनको तालमेलप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् झापा कांग्रेसका पूर्व सचिव दयानन्द गोश्वामीसहितले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनीहरुले आइतबार साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । खासगरी बाह्रदशीको वडा नं ४ माओवादीको भागमा पारेपछि उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्