Logo

गठबन्धनविरुद्ध डटेर लड्न एमाले तयार: ज्ञवाली



ललितपुर, १३ चैत । नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गठबन्धनविरुद्ध डटेर लड्न एमाले तयार रहेको बताएका छन् ।

एमालेले सधैँ राष्ट्रियताको झण्डा माथि उठाउने काम गरेको भन्दै उनले गठबन्धनका दलहरू मिले पनि एमालेलाई हराउन नसक्ने ठोकुवा गरे । अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा यो निर्वाचन रहेको उनको तर्क छ ।

ललितपुरको गोदावरी नगर कमिटीले टाहाखेलमा गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले बिन्तीपत्र हालेर बनेको गठबन्धनले आफ्नै स्वार्थ मात्र हेर्ने आरोप लगाए आर्थिक विकास र समृद्धि अहिलेको आवश्यकता रहेको बताउँदै उनले राष्ट्रियता बलियो बनाउन एमालेको विकल्प नभएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्