मोरङ, ११ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले १०० सिट भन्दा कम लिएर गठबन्धन नगर्ने बताएका छन् ।
गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि १०० सिटबाट कांग्रेस घट्न नसक्ने उनले बताए । उनले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। गठबन्धन गरेर जाने हो भने १०० सिट तल हुँदैन ।’
नेपाली कांग्रेस मोरङ क्षेत्र नं९ ६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा काईरालाले पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँट गर्नुपर्ने बताए ।







