Logo

गठबन्धन गर्दाको लक्ष्मणरेखा पालना हुन नसक्दा ठूलो दिर्घकालीन क्षति: भट्टराई



काठमाडौँ, २२ पुस । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गठबन्धन गर्दाको लक्ष्मणरेखा पालना हुन नसक्दा ठूलो दिर्घकालीन क्षति हुनसक्ने बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्ने उनको जिकिर छ ।  उनले राप्रपालाई नबोक्न पनि सुझाब दिएका छन् ।

‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ । सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घॉटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ,’ डाक्टर भट्टराई सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं ।’

प्रतिक्रिया दिनुहोस्