प्यूठान, २८ वैंशाख । प्यूठानमा सत्ता साझेदार दल समर्थक र एमाले समर्थकबीच झडप भएको छ ।
सरुमारानी गाउँपालिकामा भोट माग्दै हिँडेका उनीहरुबीच झडप भएको हो । झडपमा शंकर विश्वकर्मा, रमेश राना, टेकेन्द्र मस्र्याङ्दी, गुमान सिंह लम्तरी घाइते भएका छन् ।
घाइते मध्ये एक जनाको उपचार बुटवलमा र तीन जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।