Logo

गठबन्धन संघीय निर्वाचनसम्म रहन्छ: गृहमन्त्री



गुल्मी, ४ असार । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने बताएका छन् ।

राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्विनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका हुन् ।

मन्त्री खाँणले आयोगलाई गफ कम गरी परिणाम देखिनेगरी काम गर्न पनि निर्देशन दिएका छन् । विगतमा बनेका आयोगहरुले कामभन्दा पनि प्रवचन दिने गरेको टिप्पणी गर्दै मन्त्रीले यस आयोगले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

काम गर्ने क्रममा सुरक्षाको ग्यारेन्टी सरकारले लिने भन्दै ढुक्क भएर काम गर्नसमेत उनले आग्रह गरे । भूमिहीनहरूलाई भूमिको मालिक बनाउने यस पवित्र कार्यमा यो त्यो नभनी काम गर्नसमेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्