Logo

गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लग्यो: ओली



काठमाडौँ, १ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन् ।

आज काठमाडौँको वसन्तपुरमा संविधान दिवसको अवसरमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले देश अप्ठ्यारो स्थितिबाट ओरालो लागिरहेको बताए ।

अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढङ्गले अघि बढ्ने बताएका छन् । उनले यसको फैसला आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावले गर्ने बताए ।

अध्यक्ष ओलीले अहिले देशलाई, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु नहुने बताए । उनले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्