Logo

गठवन्धनभित्र मंसिरसम्ममा चुनाव हुने समझदारी भएको: प्रचण्ड



काठमाडौँ, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघिय र प्रदेश सभाको चुनाव आगामी मंसिरसम्ममा हुने बताएका छन् । बर्दियामा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

गठवन्धनभित्र मंसिरसम्ममा चुनाव हुने समझदारी भएको उल्लेख गर्दै उनले दुई चरणमा गर्ने कि एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको बताए ।

‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने बढी सम्भावना छ । सम्भवत चुनाव मंसिरमै हुन्छ ।’ प्रचण्डले भने, ‘चुनाव एक चरणमा गर्ने कि दुई चरणमा भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।’

उनले प्रदेश र संघको निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्