Logo

गणतन्त्र नढलेसम्म राजसंस्था पक्षधर आन्दोलन जारी रहन्छ: लिङ्देन



काठमाडौं, १५ जेठ । राजसंस्था पक्षधरहरूको जुलुसले टुँडिखेल परिक्रमा गरेपछि भएको कोणसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताउनुभएको छ।

उहाले सभामा भन्नुभएको थियो ‘आजको आन्दोलन कास्टिङमात्र हो। गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ।’

काठमाडौँका विभिन्न सात स्थानबाट आएका प्रदर्शनकारीहरूले टुँडिखेलको परिक्रमा गरेर रत्नपार्कमा सभा आयोजना गरिएको हो।

राजसंस्था पक्षधरहरूले बिहीबार आन्दोलन सुरु गरेका छन्। राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म आन्दोलन जारी रहने राजसंस्था पक्षधहरूको तयारी छ।

प्रतिक्रिया दिनुहोस्