काठमाडौँ, १ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका छन् ।
विवादमा अल्झिनुभन्दा सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको उनले बताए ।
उनले ट्वीटरमा लेखेका छन्, ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ । गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन । गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो ।’
धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्नुपर्ने उनको भनाइ छ ।







