काठमाडौँ, २९ साउन । सांसदहरूले हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक मङ्गलवारसम्मका लागि स्थगित भएको छ ।
आजको बैठक सुरु हुँदा एक सय ७९ जना सांसदले हाजिर गरेका थिए तर संसदमा विधेयकलाई निर्णयार्थ पेस गर्दा ६९ जना सांसद पनि नपुगेपछि बैठक नै स्थगित भएको हो ।
सभामुख अग्नि सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्दा जम्मा ६७ जना सांसद बैठक हलमा उपस्थित थिए । सभामुखले विधेयक पेश गर्दा गणपूरक सङ्ख्या नपुगेको आवाज उठेपछि उनले कर्मचारीलाई गणना गर्न लगाएका थिए । गणना गर्दा जम्मा ६७ जना सांसद मात्रै थिए । सभामुखले सुरुमा बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि पनि सांसद नआएपछि मङ्गलवारसम्मका लागि स्थगित भएको छ ।







