Logo

गण्डकीका ज्येष्ठ सदस्य बस्यालद्वारा शपथ ग्रहण



कास्की, १३ पुस । गण्डकी प्रदेशका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ६५ वर्षीय बस्याललाई शपथ ग्रहण गराएका हुन् ।

संविधानको धारा १८२ (५) र प्रदेश सभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम प्रदेश प्रमुख गुरुङले बस्याललाई शपथ गराएका छन् । पर्वत (ख) बाट निर्वाचित बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ ग्रहण गराउने छन् ।

गण्डकीमा प्रत्यक्षमा ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित भएका छन् । प्रदेश प्रमुख गुरुङले पुस १८ गते प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम बोलाइएको प्रदेश सभा अधिवेशनमा पनि ज्येष्ठ सदस्य बस्यालले नै अध्यक्षता ग्रहण गराउने छन् । प्रदेश सभा सुरु भएलगत्तै सरकार गठनका लागि आह्वान गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्