पोखरा, २९ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
नेपालको संविधानको धारा १६८ (२) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उक्त धाराअनुसार नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्रमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । विश्वासको मतबारे कार्यसूची तय गर्न प्रदेशसभा सचिवालयमा दुई दिनअगाडि नै सूचना गएको थियो ।
दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा दलीय आधारमा नेताहरूको सम्बोधनपश्चात् विश्वासको मतउपर मतदान हुने कार्यसूची तय गरिएको सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले जानकारी दिए ।
३३ प्रदेशसभा सदस्यको समर्थनसहित अधिकारी मुख्यमन्त्री बनेका हुन् ।







