पोखरा, २ माघ । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले)की बीनाकुमारी थापा निर्वाचित भएकी छन् ।
सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिए ।
उनका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याएकी थिइन् । प्रदेशसभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसेका थिए । कांग्रेसका एक जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रहेका थिए ।







