Logo

गण्डकी प्रदेशका भाैतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त



पोखरा, २९ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।

पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि समानुपातिकतर्फबाट सांसद बनेका खड्का अहिलेको चुनावमा पनि उम्मेवारको आकाङ्क्षी थिए तर पार्टीले विन्दुकुमार थापालाई टिकट दिएको छ । टिकट नपाएपछि खड्काले आफ्नै पार्टीका थापालाई हराउन भूमिका खेलेको आरोप लगाउँदै मुख्यमन्त्रीले मन्त्रीबाटै बर्खास्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्