Logo

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त



पोखरा, २५ पुस । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

बहुमत सांसदको हस्ताक्षर पेस गरेको आधारमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३० जना सांसद चाहिनेमा खगराज अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३३ जना सांसदको समर्थन रहेको छ ।

अधिकारी कास्कीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्