Logo

गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित



पोखरा, ३० पुस । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् ।

उनले ३२ मत पाएका हुन् । गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो । कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरेकी छन् ।

सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएको थियो । नेकपा(एमाले)बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन् भने नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्