Logo

गण्डकी प्रदेशसभाको अधिवेशन १८ गतेदेखि



कास्की, १२ पुस । गण्डकी प्रदेशसभाको अधिवेशन यही पुस १८ गते बोलाइएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते दिउँसो ३ बजे प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुने गरी अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश प्रमुख गुरुङले यही पुस १३ गते बुधबार प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथ गराउने कार्यक्रम छ ।

ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्