Logo

गण्डकी प्रदेशसभा बैठक स्थगित



कास्की, २९ साउन । आज दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मङ्गलबारका लागि सरेको छ ।

‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ ।

यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो । विपक्षी दल नेकपा (एमाले)ले सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको जनाएको थियो । आजको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो ।

अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताए । सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेस हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्