पोखरा, १९ माघ । गण्डकी प्रदेश सभाको बिहीवार बसेको बैठकले दुई वटा अध्यादेश पारित गरेको छ ।
बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको हो ।
गएको पुस १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभाका पूर्व मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले अध्यादेश टेबल गरेका थिए ।
प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका अध्यादेशमाथि छलफलसमेत नगरि पास गरिएको हो ।







