कास्की, १ असार । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ (३८ दशमलव १ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख रुपैयाँ (६० दशमलव ४ प्रतिशत) विनियोजन गरिएको छ ।