काठमाडौं, ५ बैशाख । गभर्नरका लागि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गभर्नर बन्न योग्यता नपुग्ने भन्दै उनीविरूद्व अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिटको पेशी आइतबारका लागि तोकिएको छ ।
भट्टले आज कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन ।