काठमाडौँ, १ साउन । गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै सत्तारूढ दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठनले बालुवाटार प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आइतबार गभर्नर अधिकारीको राजीनामा माग्दै घेराउ र विरोध प्रदर्शन आयोजना गरेका हुन् ।
प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयमा प्रश्न उठेको भन्दै नेविसंघ र अखिल क्रान्तिकारीले गर्भनर अधिकारीको राजीनामाको माग गरिरहेका छन् ।







