Logo

गभर्नर निलम्बनबारे एमालेले धारणा सार्वजनिक गर्दै



काठमाडौँ, २७ चैत । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर अधिकारीलाई हटाइएको भन्दै विरोधमा रहेको एमालेले दिउँसो साढे १२ पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन राखिएको जनाए । उनका अनुसार पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीहरूको समेत उपस्थिति रहने छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्