काठमाडौँ, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएर गम्भीर भूल गरेको आरोप लगाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउन खोजेको प्रसङ्गलाई जोड्दै त्यसपछिको अहिले अर्को गम्भीर भूल भएको टिप्पणी गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो, गभर्नरको निलम्बन । आर्थिक संकटको कारक अर्थमन्त्री र मूकदर्शक बनेका प्रम आफैँ हुन् ।’
उनले देशको अर्थतन्त्र ओरालो लाग्नुको कारक प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा भएको आरोपसमेत लगाएका छन् ।