Logo

गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजियो: लामिछाने



काठमाडौँ, ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गम्भीर विषयलाई नजरअन्दाज गरेर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् ।

रास्वपाले संसद् घेराउ गरेको विषयलाई लिएर उनले अनावश्यक गाली नगर्न आग्रह गरेका हुन् ।

आफूहरू संसदीय अभ्यासमा नयाँ रहेको भन्दै केही कमजोरी हुनसक्ने तर त्यसैलाई मुख्य विषय बनाएर गम्भीर विषयलाई विषयान्तर गर्न नहुनेमा उनको जोड छ ।

“केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दै छ, पठ्नुस् त । यस्तो गम्भीर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवादतिर जवरजस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन,” रवि सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “कयौंले जानाजान बुझ पचाउनु भएको छ । हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ । त्यसमा बहस अझै गरौंला । तर, यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त ।”

प्रतिक्रिया दिनुहोस्