Logo

गिरी बन्धु टी स्टेटको भ्रष्टाचारविरुद्ध माओवादीको र्‍याली र कोणसभा



झापा, १३ असोज । नेकपा (माओवादी केन्द्र) बिर्तामोडको ५ नम्बर वडा समितिले गिरी बन्धु टी स्टेटको भ्रष्टाचार फायल तत्तकाल खोल्न आज बिर्तामोडमा र्‍याली र कोणसभा गर्दैछ ।

माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत वडा समितिले टी स्टेटको सम्पति बिक्री गर्ने नाममा भएको भ्रष्टचारको फायल खोल्न दबाब दिने उद्देश्यले आज बिहान ११ बजे बगान नजिकैको बिर्तामोडको सिटी सेन्टरदेखि मुक्ति चोकसम्म र्‍याली र कोणसभा गर्ने भएको हो ।

ऐन संशोधन गरेर राज्यको सम्पति व्यक्तिले बिक्री गर्न पाउने बनाइएको छ । यस कार्यमा लागि जग्गा व्यपारीले करोडौँ रुपैयाँको चलखेल गरेको भन्दै माओवादी केन्द्रले तत्तकाल छानवीन गर्न माग गरेको छ ।

भूमि सम्बन्धी ऐन २०२१ को २०७६ माघ २८ गते भएको आठौं संशोधनले चिया बगान फँडानी गर्ने बाटो खुला गरेको हो । छत्र गिरीको स्वामित्वमा रहेको बिर्तामोड पूर्व राजमार्गसँग जोडिएको लगभग तीन सय बिगाहको गिरी बन्धु टी स्टेट केपी शर्मा ओली नेतृत्वको सरकारले बगान फँडानी गर्ने बाटो खोलिदिएको हो । ओली सरकारको असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गिरी बनधु टी स्टेट स्तान्तरणका लागि अनुमति दिएपछि फँडानीका लागि बाटो खुलेको हो ।

भूमि सम्बन्धी ऐन २०२१ ले हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण हुने व्यवस्था गरेको थियो । ऐनका आधारमा २०२१ सालमा झापामा भूमि सूधार लागू भएको थियो । त्यसबेला सयौं विगाहका हुने कतिपय जग्गा धनीले विद्यालयलाई दान गरे भने कतिले चिया बगान खोले । त्यही २०२१ सालको भूमि सम्बन्धी ऐनका आधारमा जमिन जोगाउन झापामा चिया बगान खुलेका थिए ।

बगान फँडानीका लागि बिर्तामोडका जग्गा व्यापारीदेखि सर्वसाधारणसम्मको करोडौँ रुपैयाँ संकलन गरिएको छ । तर, अदालतमा मुद्दा परे पछि बगान फँडानीको काम रोकिएको छ । बगान फँडानीमा संगठित अपाराध भएकाले त्यसमा संलग्नलाई कारबाही हुनु पर्ने माग हुँदै आएको छ । भूमि सूधार ऐनले २०२१ ले टी स्टेट संचालन गर्न दिएको थियो । बगान संचालन हुन नसकेको अवस्थामा स्वतः सरकारी सम्पतिमा रुपान्तरण हुन्थ्यो । तर ऐन संशोधनले बगानलाई निजी सम्पतिमा रुपान्तरण गर्न र फँडानी गर्न अनुमति दिएको छ ।

गिरी बन्धु टी स्टेट फँडानी भए अरबौं रुपैयाँको घडेरी तयार हुन्छ । लगभग ३ सय बिगाह सहेको चिया बगान फँडानीका स्थान्तरणका लागि स्थानीयदेखि केन्द्रसम्म ठूलै शक्ति सक्रिय रहेको छ । झापाको चिया बगान फँडानी गर्नकै लागि ऐन संशोधन गरेर नीतिगत भ्रष्टचार गरिएको छ । एमालेका केन्द्रदेखि स्थानीय तहका नेताहरु बगान काण्डमा नाम जोडिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्